काठमाडौँ । गोरखा नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का विष्णुबहादुर मगर निर्वाचित भएका छन् । उनी ४८६ मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
मगरले नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार भाईकाजी आलेलाई ८४ मतान्तरले पछि मात्रै विजय हासिल गरेका हुन् । काँग्रेस उम्मेदवार आलेले ४०३ मत प्राप्त गरेका छन् ।
यस्तै, तेस्रोमा नेकपा (एमाले)का उम्मेदवार दुर्गामाया थापाले ३४५ मत प्राप्त गरेकी छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मग्लबहादुर थापाले ८२ मत मात्रै प्राप्त गरेका छन् ।
आइतबार सम्पन्न उपनिर्वाचनमा माओवादीले गोरखाबाट खाता खोलेको हो । २०७९ सालको उपनिर्वाचनमा यस यस वडामा एमालले अध्यक्ष जितेको थियो ।
Artha Sanjal
अर्थ सन्जाल