काठमाडौं । यु १९ एसिया कपमा बंगलादेशविरुद्धको खेलमा नेपाल १ सय ४१ रनमा अल आउट भएको छ ।
आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १ सय ४१ रन बनाउँदै अल आउट भयो । नेपालका लागि ओपनर आकाश त्रिपाठीले ७७ बलमा ४३ तथा उत्तम थापा र अभिषेक तिवारीले समान २९ रन जोडे ।
बंगलादेशका अल फहाद, इकबाल हसन र रिजान होसनले २-२ विकेट लिए भने साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले १-१ विकेट लिए ।
Artha Sanjal
अर्थ सन्जाल