दुई लघुवित्तले गरे लाभांश नदिने निर्णय

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा लघुवित्तले लाभांश नदिने घोषणा गरेका छन् । युनिक नेपाल लघुवित्त र निर्धन उत्थान लघुवित्तले गत आवका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेका हुन् ।

युनिक नेपाल लघुवित्तको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८०/८१ को वित्तीय विवरणको आधार र अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफाबाट कुनै पनि लाभांस नदिने निर्णय गरेको छ ।

यस्तै निर्धन उत्थान लघुवित्तको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश नदिने निर्णय गर्दै सोही बमोजिम साधारण सभाबाट आर्थिक विवरणहरु पारित गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *