काठमाडाैं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले सेयरधनी दिलिप घलले आफ्नो नाममा रहेको ८ हजार ७११ कित्ता सेयर बिक्रीमा राखेको हाे ।
उक्त सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । खरिद इच्छुकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधि भित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ ।
Artha Sanjal
अर्थ सन्जाल