काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।
नवनियुक्त सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कार्यभार सम्हालेको दोस्रो दिन, मंसिर १३ गतेदेखि घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्।
यसअघि, सेबोनका कार्यकारी निर्देशक डा. नवराज अधिकारी प्रवक्ताको भूमिकामा थिए। मंसिर १० गतेको मन्त्रिपरिषद्को बैठकले सन्तोषनारायण श्रेष्ठलाई सेबोनको अध्यक्षमा नियुक्ति गरेको थियो।







