काठमाडाैं । सुजल डेरीको उत्पादन ‘डिलाइट डेरी ह्वाइटनर’ स्वादिष्ट चियाका लागि अनुपम उत्पादन बनेको छ । यसले नेपाल, विभिन्न भाषा, संस्कृति, परम्परा र आस्थाले भरिपूर्ण देश, जहाँ चियाले आत्मीयता र एकतालाई धागोको रूपमा जोड्दै आएको छ ।
स्वादिष्ट चियाका लागि अनुपम उत्पादन बनेसँगै डिलाइट डेरी ह्वाइटनरको लोकप्रियता हिमालदेखि तराईसम्म फैलिएको कम्पनीको भनाइ छ । चियाको परम्परालाई सम्मान गर्दै सुजल डरीले डिलाइट डेरी ह्वाइटनर बजारमा ल्याएको छ । यो उत्पादनले प्रत्येक चुस्किमा नेपालीपनको भावना बोकेको कम्पनीको दाबी छ ।
गाई र भैंसीको शुद्ध दूधबाट अत्याधुनिक स्प्रे ड्राइङ प्रविधिको प्रयोग गरी बनाइएको डिलाइटले चियामा क्रिमीपन थप्दै साधारण चियालाई पनि सन्तुष्टिको क्षणमा रूपान्तरण गर्दछ । डिलाइट डेरी ह्वाइटनर हरेक पललाई विशेष बनाउन लागी परेको छ ।
कम्पनीका अनुसार आधुनिक र आकर्षक मेटालिक प्याकेजिङले सुरक्षित डिलाइट डेरी ह्वाइटनर ले प्राकृतिक दूधको ताजगी सुनिश्चित मात्र गर्दैन आजको व्यस्त जीवनशैलीलाई आवश्यक पर्ने सहजता पनि प्रदान गर्छ ।
१२ महिना अवधि भएको यो उत्पादन हिमालदेखि तराईका बजारसम्म नेपालभरका भान्साहरूमा भरपर्दो साथी बन्न पुगेको कम्पनीले बताएको छ । किराना पसलमा होस् या भाटभटेनी, सेलवेज, सेल्सबेरी, र बिगमार्टजस्ता ठूला स्टोरहरूमा, डिलाइट डेरी ह्वाइटनर सजिलै पाउन सकिन्छ । डिलाइट डेरी ह्वाइटनर दराज, ठूलो डटकम र स्मार्टडोको जस्ता ई-कमर्स साइटहरूमा पनि उपलब्ध छ ।
डिलाइट डेरी ह्वाइटनर ४०० ग्राम प्याकको ४ सय ८० रूपैयाँ र ८०० ग्राम प्याकको ९ सय रूपैयाँ उपभोक्ता मूल्य तोकिएको कम्पनीले जनाएको छ ।
अर्थ सन्जाल