काठमाडौं । सुपारमाई हाइड्रोपावर लिमिटेडले मङ्सिर २८ गते १०औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा मङ्सिर २८ गते गर्ने निर्णय गरेको हो ।
सभाले ७ प्रतिशत बोनस शेयर र करसहित ५ दशमलव ६३१ प्रतिशत नगद गरी कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले गत आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षणको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर १७ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा मङ्सिर १६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।
Artha Sanjal
अर्थ सन्जाल