काठमाडाैं । नेपालमा घर सम्बन्धी सम्पूर्ण किसिमको सेवा दिने मोबाइल एप्लिकेशन सेवा एपले बिगत २ वर्षदेखि सेवा दिइरहेको छ ।
जसमा एउटा घरधनीलाई आवश्यक हुने सबै किसिमका सुबिधाहरुः घरभाडा सम्झौता, घरभाडा डायरीदेखि धारा बिजुली बनाउने कामदार र त्यस्ता कामको सुपरिवेक्षणका लागि प्राबिधिक इन्जिनियरसम्म बोलाउन सकिने फिचरहरु छन् ।
यस एपले बिशेषत काठमाण्डौ उपत्यकाभित्र सेवा दिइरहेको छ । देशका मुख्य शहरहरु पोखरा, चितवन, इटहरी, बुटवलबाट पनि यसको माग बढ्दो रहेको संस्थापक प्रशान्त प्रधान बताउछन् ।
संस्थापकका अनुसार हाल यो एपमा १३ हजार ग्राहक र २ हजार प्राबिधिकहरु जोडिएका छन् । तरपनि प्रायः ग्राहकहरु एपबाट भन्दा पनि सिधै सम्पर्क गरेर सेवा लिन चाहने भएकाले घरधनी उमेरका समुह प्रबिधिमैत्री भईनसकेको कम्पनीले जनाएको छ ।
सेवा एपलाइ बिशेषत मोडुलर किचेन, नयाँ कोठा निर्माण, स्काइ लाइट, बाथरुम निर्माण तथा नबिकरण जस्तो सेवाहरुका लागि ग्राहकहरुले बढी सक्पर्क गर्ने गरेको कम्पनीले जनाएको छ ।
अर्थ सन्जाल