काठमाडाैं । सपोर्ट लघुवित्त र फरवार्ड लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंसिर १३ गते अन्तिम दिन रहेको छ।
दुवै संस्थाले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आज मंसिर १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी लघुवित्तको लाभांश पाउन योग्य हुनेछन्।
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ६ गते, शनिबार, दुर्गा पार्टी प्यालेस, इटहरी–४, सुनसरीमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ।सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १३.७७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २८ गते, शुक्रबार, दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा १२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
अर्थ सन्जाल