काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । बिहीबारका दिन सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, यस दिन चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । चाँदी यस दिन प्रतितोला एक हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो चाँदीको प्रतितोला प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
Artha Sanjal
अर्थ सन्जाल