उपनिर्वाचन: आज मध्यरातबाट निर्वाचन मौन अवधि सुरू हुँदै

काठमाडौं ।आज मध्यरातबाट उपनिर्वाचन हुने स्थानमा मौन अवधि सुरू हुँदैछ। मंसिर १६ गते आइतबार हुने निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरू हुन लागेको हो। मौन अवधि मतदान नसकिएसम्म जारी रहन्छ ।

मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले प्रचारप्रसारका काम गर्न पाउँदैनन् ।

निर्वाचन आयोगले मौन अवधिमा उम्मेदवार वा अरु कोहीले पनि भौतिक, सामाजिक सञ्जाल वा कुनै पनि माध्याममार्फत मत माग्न नपाउने जनाएको छ। आगामी आइतबार ४१ पदका लागि मतदान हुँदैछ। विभिन्न स्थानमा हुने मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *