राष्ट्र बैंकलाई कुलमानले भने – ‘विद्युत महसुल नतिर्ने उद्योगहरुको खाता रोक्का राखिदिनु’

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महशुल नतिर्ने उद्योगहरुको बैंक खाता रोक्का राखिदिन आग्रह गर्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेका छन् ।  घिसिङले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी महसुल नतिरेका ३४ वटा उद्योगहरुको खाता रोक्का राखिदिन आग्रह गरेका हुन् ।

पत्रमा उद्योगका लगानीकर्ता अन्य कम्पनीको सञ्चालक भए सेयर जारी गर्न, हक हस्तान्तरण गर्न र धितो बन्धक दिन नपाउने गरी रोक्का राखी बक्यौता महसुल असुलका लागि सहयोग गरिदिन समेत घिसिङले आग्रह गरेका छन् ।

विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता तिर्न बाँकी रहेका उद्योगहरुको तत्काल लाइन नकाट्ने निर्णय गरेसँगै कुलमानले वैकल्पिक उपाय अपनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *