काठमाडौं । आज मंसिर १३ गते बिहीबार फरवार्ड लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
कम्पनीले लाभांश वितरण प्रयोजनार्थ मंसिर १४ गते शुक्रबार बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम शेयरधनीले कम्पनीले घोषणा गरेको लाभांश लिन सक्नेछन् ।
कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले मंसिर २८ गते वार्षिक साधारण सभा डाकेको छ । सभा, चौधरी स्मृति प्रतिष्ठान सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
Artha Sanjal
अर्थ सन्जाल