काठमाडौं । आज अमेरिकी डलरको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज मंसिर १३ गते बिहीबार १ अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ४३ पैसा र खरिददर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । यसअघि बुधबार १ अमेरिकी डलर १३५ रुपैयाँ २३ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, आज १ युरोको बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा रहेको छ भने खरिददर १४१ रुपैयाँ ७३ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७० रुपैयाँ ६६ पैसा खरिददर १६९ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज येनको बिक्रीदर ८ रुपैयाँ ९३ पैसा र खरिददर ८ रुपैयाँ ८९ पैसा छ ।
त्यसैगरी, आज अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८७ रुपैयाँ २९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ९६ रुपैयाँ ३१ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल