७७ कम्पनीको आईपीओ भर्न एक डिम्याट होल्डरले कति रुपैयाँ जोहो गर्नुपर्छ ?

काठमाडाैं। नेपाल धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेका ७७ कम्पनीले आईपीओ निष्काशन गर्दैछन् । हरेक कम्पनीको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ । सेबोनले ७७ वटा कम्पनीलाई निष्काशन गर्ने अनुमति दिए एक सर्वसाधारणले सबै गरी ९३ हजार ८ सय ३६ रुपैयाँ जोहो गर्नु पर्ने भएको छ ।

बोर्डको अनुमति पाएपश्चात यी कम्पनीहरूले आईपीओ जारी गर्नेछन् । बोर्डको अनुमतिको पर्खाइमा रहेका कम्पनीमध्ये सबैभन्दा बढी जलविद्युत समूहका छन् । हाल ३८ जलविद्युत कम्पनी बोर्डको पाइपलाइनमा छन् । यी कम्पनीहरूले १५ अर्ब ७३ करोड ९० लाख ४६ हजार ४०० रुपैयाँ बराबरको १५ करोड ७३ लाख ९० हजार ४६४ कित्ता सेयर जारी गर्दैछन् । यी सबै कम्पनीले अंकित मूल्य (एक सय रुपैयाँ) कै दरमा आईपीओ जारी गर्न लागेका हुन् ।

७७ कम्पनीको आईपीओ भर्न एक लाख रुपैयाँ चाहिने

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *