काठमाडौं । सीजीले जाडो मौसमलाई लक्षित गर्दै आफ्नो नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक गरेको छ । सीजीले हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ्ग मेसिन, ए.सि. इत्यादि प्रोडक्टहरु बजारमा सर्वत्र उपलब्ध गराएको हो ।
तातो पानी पिउन सिजी र सिजी मेरिडियाको वाटर डिस्पेन्सर अनि वाटर हिटर छ भने पानी तातो राख्नलाई थर्मस तथा भ्याकुम फ्ल्याक्स पनि उपलब्ध गराइएको छ ।
त्यसैगरि ओइल रेडिएटर हिटर, इलेक्ट्रिक हिटर अनि हिटर फ्यानको प्रयोग गरि जाडोमा पनि तातो रहन सहज बनेको कम्पनीले जनाएको छ ।
साथै, मोटरमा १० वर्षको वारेन्टि भएको सिजीको वासिङ मेसिनले पनि जाडोमा लुगा धुन, अनि धोएको कपडा छिटै सुकाउन मद्दत पुर्याउने जनाइएको छ । सिजीले आफना विन्टर प्रोडक्ट्सहरु वाटर डिस्पेन्सर, थर्मस, केटल, इलेक्ट्रिक अनि ग्याँस गिजर, रेडिएटर हिटर र ह्यालोजेन हिटरमा १२ महिनाको वारेन्टि दिँदै आएको छ ।
अर्थ सन्जाल