काठमाडाैं। जस्मिन पेन्टसको ब्राण्ड एम्बेस्डरमा पारस खड्का नियुक्त भएका छन् । स्वदेशी उत्पादनहरुलाई थप ससक्त र बजारीकरण गर्नका लागि ब्यापार प्रवर्द्धन महत्वपूर्ण रहेको वर्तमान अबस्थामा यस कम्पनीले आफ्नो उत्पादनहरुलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्कालाई ब्राण्ड एम्बेस्डरमा पारस खड्का नियुक्त गरेको हो ।
कम्पनीले आफ्नो बजार प्रवर्द्धनका लागि यस अघि नेपालका चर्चित कलाकारहरु लाई समेत सद्भावना दुत नियुक्ति गरिसकेको अवस्थामा पछिल्लो समय नेपाली खेल क्षेत्रको बिकास र युवाहरुको चाहना र भावना लाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अबस्थामा खेल र खेलाडीहरुलाई पनि थप प्रोत्साहन गर्ने उदेश्यका साथ उनीसंग सहकार्यका लागि हातहरु अगाडी बढाएको बताइएको छ । खड्कासँग गरिएको यस सहकार्यले नेपाली खेलकुदका साथ-साथै कम्पनीकाउत्पादनहरुलाई प्रवर्द्धन गर्न र बजारीकरण बिस्तारका निमित्त थप टेवा पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
यस कम्पनी नेपाली पेन्ट्स कम्पनीहरु मध्ये कै नम्बर १ पेन्ट्सको रुपमा आफुलाई स्थापित गर्न सफल भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु बाट पुरस्कृत भैसकेको कम्पनीले अझ जिम्मेवार वहन गरि २१ औ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने नवीनतम सोच र प्रविधिका साथ उत्कृष्ठ र गुणस्तरीय उत्पादनहरु नेपाली बजारमा पुर्याईरहेको छ ।
अर्थ सन्जाल