काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले आफ्ना समर्थकका लागि नि:शुल्क बस सेवा दिने घोषणा गरेको छ ।
चितवनबाट काठमाडौं आउन चाहाने दर्शकका लागि नि:शुल्क बस सेवा दिने घोषणा गरिएको हो ।
चितवन मेडिकल कलेजदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा आउन र फर्कनका लागि दैनिक पाँच वटा बस व्यवस्था गरिएको टोलीको भनाइ छ । बसमा काठमाडौं आउन चाहानेले खेलको टिकट खरिद गर्नु पर्ने चितवनको भनाइ छ ।
चितवनले पहिलो खेल मंसिर १७ मा काठमाडौं गोर्खाजसँग खेल्दैछ ।
Artha Sanjal
अर्थ सन्जाल