एनपीएल उद्घाटन खेलको टिकट ३ दिन अगाडि नै ‘सोल्ड आउट’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलको टिकट तीन दिनअघि नै ‘सोल्ट आउट’ भएको छ ।

विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच मंसिर १५ गते हुने उद्घाटन खेलको टिकट तीन दिन अघि सोल्ड आउट भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

‘टीयूको कूल क्षमता १२ हजार जति छ । त्यसमा भिआईपी टिकट १२०० रहेकोमा ८०० बिक्री गरिएको छ ।’ लामाले भने ।

टियू मैदानमा सिद्धार्थ बैंक जोन पनि छुट्याईएको छ । मंसिर १० गते बेलुका ८ बजेबाट क्यानले टिकट बिक्री खुला गरेकोमा तीन दिनमै टिकट ‘सोल्ड आउट’ भएको हो ।

मंसिर १५ गतेदेखि सुरू हुने एनपीएलमा ८ टिम सहभागी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *