सेयर बजारमा ३८.८१ अंकको बृद्धि हुँदा ९ अर्ब ३१ करोडमाथिको कारोबार

काठमाडौं। आज पनि सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ को विन्दुको विन्दुमा उक्लिएको हो।

आज ३१६ कम्पनीको शेयर किनबेच हुँदा ९ अर्ब ३१ करोडमाथिको शेयर कारोबार भएको छ । आज १९९ कम्पनकिो मूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ । यो दिन ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३३ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको २४ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज सात कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज १० कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विशाल बजार, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु, सर्पोट लघुवित्त लगायत ७ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

आज उच्च कारोबार भएका १० कम्पनी 

जानकी फाइनान्स ३४ करोड १ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर ३३ करोड १६ लाख रुपैयाँ,पिपुल्स हाइड्रोपावर २४ करोड ७२ लाख रुपैयाँ,नेपाल फाइनान्स २४ करोड १७ लाख रुपैयाँ,सप्तकोशी डेभलपमेन्ट बैंक २२ करोड ८४ लाख रुपैयाँ,बेस्ट फाइनान्स २० करोड ६७ लाख रुपैयाँ,कर्णाली डेभलपमेन्ट बैंक २० करोड १३ लाख रुपैयाँ,रसुवागढी हाइड्रोपावर १९ करोड ८२ लाख रुपैयाँ,युनाइटेड इदी मर्दी १८ करोड ५८ लाख रुपैयाँ,ङादी ग्रुप पावर १७ करोड ११ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *