काठमाडौं । बुधबार कार्यभार सम्हाले लगत्तै धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले एभरेस्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएका छन् । श्रेष्ठले एभरेस्ट बैंकको १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएका हुन् ।
एभरेस्ट बैंकले गएको असारमा ऋणपत्र निष्कासनका लागि अनुमति माग गरेको थियो । तर अध्यक्ष नहुँदा उक्त प्रक्रिया थन्किएको थियो ।
अब एभरेस्ट बैंकले १० वर्षे अवधिका लागि ७.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नेछ । यसका लागि बैंकले लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
Artha Sanjal
अर्थ सन्जाल