काठमाडौं । साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई गैरकानुनी थुनामा राखिएको दाबीसहितको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज पेसी तोकिएको छ । न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको हो ।
प्रसाईलाई थुनामुक्त गर्न माग गर्दै गत शुक्रबार उनका छोरा नीराजन प्रसाईंले सर्वोच्चमा निवेदन दिएका थिए । उक्त निवेदनमा अदालत उपस्थित गराउन आदेश गरेपछि मङ्गलवार उनलाई सर्वोच्च उपस्थित गराइएको थियो ।
उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेका थिए ।
Artha Sanjal
अर्थ सन्जाल