काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाषणा गरेको छ ।
कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश सहित १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।
लाभांश र हकप्रद प्रस्तावसहित एनआरएनले पुस १२ गते १२ औं वार्षिक साधारणसभा शुक्रबार बिहान ९ बजे बोलाएको छ । सभा आम्रपाली व्यान्क्वेट, थिरबम काठमाडौंमा बोलाएको हो ।
सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।
Artha Sanjal
अर्थ सन्जाल