काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ।
सभा पुस ११ गते आम्रपाली ब्यांकेट, भाटभटेनी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।
सभामा वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर २३ गते बुक क्लोज गर्ने भएको छ ।
तसर्थ, मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
अर्थ सन्जाल