काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ३ लाख ३ हजार ९ सय ७८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ । इन्भेष्टमेन्ट मेगा बैंकको दोस्रो बजारमा संस्थापक सेयर मूल्य १७१ रुपैयाँ प्रतिकित्ता छ भने सर्वसाधारणमा जारी गरेको सेयर मूल्य भने २३२ रुपैयाँमा दोस्रो बजारमा कारोबार भइरहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल