काठमाडाैं। बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेर बन्द भएको छ। सेसनमा ४.८५ अंक बढेर २७२१.५२ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७२ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ७९ स्टकको १६६ पटकको कारोबारमा ८५ लाख ८९ हजार ४२६ रुपैयाँ ३० पैसाबराबरको १३ हजार ८७७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४१ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी १० स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
Artha Sanjal
अर्थ सन्जाल