काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ३३.४१ अंकले बढेर २७१६.६६ को विन्दुमा कायम भएको छ ।
आज ३१२ कम्पनीको ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज १३ वटै उपसमूहमा हरियाली छाएको छ। आज २११ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन एउटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३३ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २८ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, यूनाइटेड इदि मर्दि र कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मिथिला लघुवित्तका लगानीकर्ताले ९.६२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
आज उच्च कारोबार भएका १० कम्पनी
नेपाल फाइनान्स ४५ करोड ७८ लाख रुपैयाँ,ङादी ग्रुप पावर ३३ करोड ६ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर २८ करोड ८३ लाख रुपैयाँ,कर्णाली डेभलपमेन्ट बैंक २५ करोड ६७ लाख रुपैयाँ,जानकी फाइनान्स २२ करोड ४ लाख रुपैयाँ,युनाइटेड इदी मर्दी १८ करोड २४ लाख रुपैयाँ,बेस्ट फाइनान्स १५ करोड ७ लाख रुपैयाँ,स्ट्यान्डर्ड चार्टर्ड बैंक १२ करोड ५६ लाख रुपैयाँ,गोर्खाज फाइनान्स ११ करोड ६३ लाख रुपैयाँ,रसुवागढी हाइड्रोपावर ११ करोड २ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ।
अर्थ सन्जाल