अछाम । खरिदार कर्मचारी बढुवामा दुर्गमका कर्मचारी अन्यायमा पर्ने गरेका छन्।
दुर्गम जिल्ला अछाममा लामो समय देखि जनताको सेवा गर्दै आएका कर्मचारी हरुको ठाउँमा सुगम बाट बढुवा हुन् आउने प्रवृत्तिले दुर्गममा सेवा गरिरहेका कर्मचारी माथी ठुलो अन्याय भएको जिल्ला प्रशासन कार्यालय अछाममा कार्यरत खरिदार खम्म बहादुर बोगटीले गुनासो गरे।
आन्तरिक बढुवा खुल्नु भन्दा केहि दिन अगाडि सरुवा मिलाएर हाजिर दुगर्मतिर जाने र बढुवा भएको केहि महिना मै सुगममै फर्कने निजामती क्षेत्रमा देखिएको रोगले हामी जस्ता दुर्गममा बसेका कर्मचारी माथी अन्याय हुँदै आएको उनले बताए।
केहि समय पहिले मात्रै दुर्गममा लामो समय देखि सेवा गर्दै आएका कर्मचारीहरुले सम्बन्धित मन्त्रालय र विभागहरुमा ध्यानाकर्षण गराइसकेको बोगटीको भनाइ छ।
खरिदार तहका कर्मचारीहरु बढुवा खानका लागि मात्र दुर्गममा जाने र बढुवा भएलगतै सुगममा फर्किने क्रम बढेकोले जसले गर्दा दुगर्ममा बसेर लामो समयदेखि कार्यरत आफू जस्ता कर्मचारीहरुको बढुवामा प्रत्यक्ष असर परेको ढकारी गाउँपालिका अछाममा कार्यरत खरिदार कमल भण्डारीले बताए ।
दुर्गममा जिल्लाका सरकारी कार्यालय हरुमा कहिल्यै आउन नमान्ने कर्मचारीहरु बढुवाको लागी पावर र पहुँचको भरमा दुर्गम जिल्लामा जाने क्रम बढ्दै ।
सुशील भण्डारी