सर्वोच्चको साइनबोर्डमा रङ्ग छ्याप्ने विनु यादव पक्राउ

काठमाडौं । आफूमाथि घरेलु हिंसा भएको भन्दै न्यायका लागि आन्दोलन गर्दै आएकी सोलुखुम्बुकी विनु यादव सर्वोच्च अदालत अगाडिबाट पक्राउ परेकी छन् ।

उनले मंगलबार सर्वोच्चको मुल गेट नजिकको बोर्डमा कालो छ्यापेकी थिइन् । पठाओमा आएर सर्वोच्चको बोर्डमा उनले कालो छ्यापेको प्रहरीले जनाएको छ ।

रामेछापका प्रदीप कठायतसँग काठमाडौंमा चिनजानपछि प्रेमसम्बन्ध हुँदै विवाह गरेकी उनले आफूमाथि प्रदीप र उनको परिवारले घरेलु हिंसा गर्दै आएको आरोप लगाउदै आएकी छिन्।

अहिले महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला यादवले प्रदर्शन गरेकी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *