सुनचाँदीको मूल्यमा गिरावट, तोलामा २ हजार ६ सय रुपैयाँले घट्यो

काठमाडौँ। आज पनि सुनको मूल्यमा उच्च गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, यसदिन चाँदीको मुुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ ।  चाँदी प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी १ हजार ८ सय ४५ रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *