काठमाडौं। प्रि ओपन सेसनमा नेप्से बढेको छ। सेसनमा २१.३३ अंक बढेर २७०४.५७ विन्दुमा पुगेको छ । १ करोड १९ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ८७ कम्पनीको १६ हजार ६ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।
५७ कम्पनीको मूल्य बढेको छ भने २३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ७८ वटा कारोबार भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल