काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले नेप्सेमा कारोबार भइ आजसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
सभाले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
कम्पनीले मंसिर २५ गते आर्मी अफिसर्स क्लब, भद्रकालीमा ३८ औँ वार्षिक साधारण सभा बोलाएको छ।
Artha Sanjal
अर्थ सन्जाल