काठमाडौं । एनएलजी इन्सुरेन्सको हकप्रद शेयरमा आज मंसिर ११ गते मंगलबारदेखि आवेदन दिन सकिनेछ । कम्पनीले १०ः ६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।
उक्त हकप्रद सेयरका लागि कम्पनीले कात्तिक २७ गते बुक क्लोज गरिसकेकाले कात्तिक २६ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रदमा पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् ।
जसका लागि बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल कमलपोखरी काठमाडौं र एनएलजी इन्सुरेन्सको तोकिएको शाखा कार्यालयबाट हकप्रदमा आवेदन दिन सकिनेछ ।
यस्तै, लक्ष्मी सनराइज बैंकको तोकिएको शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ भने हकप्रद जारी भएपछि २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल