काठमाडौं। शेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ को विन्दुमा उक्लिएको हो।
आज ३०९ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब ३४ करोड माथिको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । आज १६९ कम्पनीको सेयरमूल्य बढेको छ भने ६७ कम्पनीको मूल्य घटेको छ । याे दिन ९ वटा कम्पनिकाे सेयर मूल्य स्थिर रहेकाे छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५४ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बेष्ट फाइनान्सको २५ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको २० करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बेष्ट फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले कमाएका छन् । सुपर मादी हाइड्रोका लगानकिर्ताले ९.९१ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.८५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
आज उच्च कारोबार भएका १० कम्पनी
ङादी ग्रुप पावर ५४ करोड ७ लाख रुपैयाँ,बेस्ट फाइनान्स २५ करोड २९ लाख रुपैयाँ,नेपाल फाइनान्स २० करोड ३१ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर १५ करोड ६४ लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्ट १५ करोड ८ लाख रुपैयाँ,जानकी फाइनान्स १३ करोड ५३ लाख रुपैयाँ,सुपर मादी हाइड्रोपावर १२ करोड ५५ लाख रुपैयाँ,सप्तकोशी डेभलपमेन्ट बैंक ११ करोड ६७ लाख रुपैयाँ,कर्णाली डेभलपमेन्ट बैंक १० करोड २७ लाख रुपैयाँ,पोखरा फाइनान्स १० करोड २४ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ।
अर्थ सन्जाल