काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले पुस २ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा द ईन्ट्रान्स क्याफे, ललितपुरमा बिहान साढे १० बजेबाट सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
Artha Sanjal
अर्थ सन्जाल