काठमाडौं । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक गरेको छ ।
बिहीबार कम्पनीले पत्रकार सम्मेलन गर्दै उक्त स्कुटर सार्वजनिक गरेको हो। यस नयाँ भेरिएन्टसँगै अब नेपालमा टिभिएस आईक्युबका ३ वटा भेरिएन्टहरु ६ रङहरुमा उपलब्ध हुनेछन् ।
२.२ किलोवाट–आवरको नयाँ भेरिएन्टको शुरुवाती मूल्य रु. २ लाख ९९ हजार ९०० रहेको छ ।
उक्त लन्च कार्यक्रममा टिभिएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधु प्रकाश सिंहले भने, ‘नेपालमा टिभिएस आईक्युबको यात्रा निकै फलदायी हुँदै आएको छ । हाम्रा ग्राहकहरूले केवल एक वर्षमा १० लाख भन्दा बढी किलोमिटर यात्रा पूरा गरिसक्नु भएको छ । विश्वभरि ४ लाखभन्दा बढी ग्राहकहरूले टिभिएस आईक्युब ब्रान्डलाई रोजेका छन् जसले उत्कृष्ट ईभी अनुभवप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रमाणित गरको छ । नयाँ आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्छ ।’
टीभीएस आईक्युबसँगको गत एक वर्षको यात्रा सफल रहेको जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले बताए । टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टको प्रवेशले नेपाली दुई पाङ्ग्रे ईभी क्षेत्रमा आएको परिर्वतनमा अझ गति थप्ने उनको विश्वास छ ।
नयाँ भेरियन्टलाई नेपालभरि उपलब्ध गराउन प्रतिबद्ध रहेको भन्दै उनले ग्राहकका लागि दुई पाङ्ग्रे ईभी अझ पहुँचयोग्य भएको बताए । कम्पनीका अनुसार यसको ब्याट्री क्षमता ९५० वाटको रहेको छ भने फास्ट चार्जिङबाट २ घण्टामा चार्ज हुनेछ। यसमा ५ इन्चको रंगीन टिएफटी स्क्रीन रहेको छ। यसको प्रतिघण्टाको टप स्पीड ७५ कि.मी रहेको छ ।
सवारी दुर्घटना तथा टो अलर्ट, टर्न–बाइ–टर्न नेभिगेशन, डिस्ट्यान्स टु एम्प्टी र ३० लिटरको अन्डर सीट स्टोरेज पनि यसका अन्य विशेषताहरुको रुपमा रहेका छन् ।
नयाँ टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टको बुकिङ आजदेखि टीभीएस नेपालको वेबसाइटमा तथा काठमाडौंभरिका टीभीएसका ४० आधिकारिक डिलरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
अर्थ सन्जाल