काठमाडाैं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ । यस दिन सुन प्रतितोला १५ हजार ९०० रुपैयाँले घटेको छ भने चाँदी ताेलामा ११५ रुपैयाँ घटेकाे छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, यस दिन चाँदीको मूल्य ११५ रुपैयाँले घटेको छ । चाँदीको प्रतितोला एक हजार ८४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबार चाँदीको एक हजार ९६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
सरकारले सुन तथा चाँदीमा लाग्ने कर घटाएपछि सुन र चाँदीको मूल्य ह्वातै घटेको हाे । सुन आयातमा सरकारले २० प्रतिशत कर लिदै आएको थियो । मन्त्रिपरिषद्को बैठकले १० प्रतिशतविन्दुले घटाएर भन्सार दर १० प्रतिशत कायम गरेपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट आएको हो । त्यसैगरी चाँदीको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ । पछिल्लो हप्तादेखि सुनको मूल्य निरन्तर बढीरहेको बढेको थियो ।
अर्थ सन्जाल