काठमाडौं । प्रि ओपन सेसनमा नेप्से बढेको छ । यससँगै सूचक १४.८७ अंकले बढेर २६८२.२८ अंकमा आएको छ । १ करोड ७४ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ६० कम्पनीको १७ हजार ५ सय १२ कित्ता सेयर कारोबार भएको छ । ३७ कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय २४ वटा कारोबार भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल