काठमाडाैं । जागरणसभाका नाममा दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडाैं महानगरपालिकाले तोकेको एक लाख रुपैयाँको जरिवानापत्र बुझ्न नेकपा एमालेले अस्वीकार गरेको छ ।
आइतबार दिउँसाे जरिवानापत्र बुझाउन च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा महानगरको टिम पुगेको थियो ।एमालेले आँफू आयोजक नरहेको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो ।
गत शुक्रबार दरबारमार्गमा जागरणसभाका क्रममा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख रुपैयाँको जरिवाना तोकेको थियो ।
उक्त जरिवाना पत्र बुझ्न अस्वीकार गरेपछि महानगरको टोली च्यासलबाट फर्केको छ । एमालेका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा जागरणसभा आयोजना गरिएको थियो ।
Artha Sanjal
अर्थ सन्जाल