काठमाडौं। आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज मंसिर १० गते सोमबार १ अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ४२ पैसा र खरिददर १३४ रुपैयाँ ८२ पैसा कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४१ रुपैयाँ ०८ पैसा र खरिददर १४० रुपैयाँ ४६ पैसा रहेको छ । आइतबार १ युरोको बिक्रीदर १४१ रुपैयाँ १४ पैसा रहेको छ भने खरिददर १४० रुपैयाँ ५२ पैसा रहेको थियो ।
त्यस्तै, बेलायती पाउन्ड १ को बिक्रीदर १६९ रुपैयाँ ९६ पैसा खरिददर १६९ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । आइतबार बेलायती पाउन्ड १ को बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा खरिददर १६८ रुपैयाँ ८६ पैसा रहेको थियो । जापानिज येनको बिक्रीदर ८ रुपैयाँ ७५ पैसा र खरिददर ८ रुपैयाँ ७१ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०४ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८६ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल