नगर विकास कोषको कार्यकारी निर्देशकमा पण्डित नियुक्त

काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषको कार्यकारी निर्देशकमा इञ्जिनियर विनोद पण्डित नियुक्त भएका छन् । आइतबार पण्डितले कार्यभार सम्हालेका हुन् ।

नगर विकास कोष कार्यकारी निर्देशक छनौट समितिले चितवनका पण्डितको नाम सिफारिस गरेको थियो । सोही अनुसार पण्डित नियुक्त भएका हुन् । पण्डित नेपाल इन्जिनियर्स एसोसियसनका महासचिव समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *