काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा दुर्गा पार्टी प्यालेस, इटहरी-४, सुनसरीमा बिहान ११ बजे सरु हुनेछ ।
सभामा कम्पनीले १३.७७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने एजेन्डा पनि छ ।
साथै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
सभा प्रयोजनका लागि लघुवित्तले मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल