काठमाडौं । नेपाल राष्ट्र बैंकले ६८ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ५४ करोड ८० लाख , राष्ट्रियस्तरका विकास बैंकहरुमा १० करोड २७ लाख ५० हजार तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ३ करोड ४२ लाख ५० हजार रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ ।
राष्ट्र बैंकले आगामी मंसिर १६ गते देखि लागू हुनेगरी २०८२ मंसिर १५ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित मंसिर १० गते साँझ ७ बजेसम्म प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।
Artha Sanjal
अर्थ सन्जाल