काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार ५०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बिहिबार सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यसदिन चाँदीको मूल्य भने घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल