काठमाडौं । साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकको गिरावट आएको छ। आज सेयर बजार नेप्से परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ को विन्दुमा कायम भएको छ ।
आज ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २५ करोड माथिकाे सेयरकाे कारोबार भएको छ। आज ४३ कम्पनीको मूल्य बढेको छ भने १९७ कम्पनीको मूल्य घटेको छ । याे दिन ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २३ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रसुवागढी हाइड्रोको १९ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । माहुली लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । धौलागिरी लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
आज उच्च कारोबार भएका १० कम्पनी
नेपाल फाइनान्स २५ करोड २४ लाख रुपैयाँ,ङादी ग्रुप पावर २३ करोड ३३ लाख रुपैयाँ,रसुवागढी हाइड्रोपावर १९ करोड ७९ लाख रुपैयाँ,हिमालय ऊर्जा १८ करोड ३० लाख रुपैयाँ,कर्णाली डेभलपमेन्ट बैंक १६ करोड ५० लाख रुपैयाँ,बेस्ट फाइनान्स १६ करोड १८ लाख रुपैयाँ,सांग्रिला डेभलपमेन्ट बैंक १३ करोड ४९ लाख रुपैयाँ,समृद्धि फाइनान्स १२ करोड ६८ लाख रुपैयाँ ,मितेरी डेभलपमेन्ट बैंक १२ करोड ३ लाख रुपैयाँ,जानकी फाइनान्स ११ करोड ४७ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ।
अर्थ सन्जाल