काठमाडौं । चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनका अधिकारिक आयातकर्ता तथा वितरक सिजी इलेक्ट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका साइजमा नयाँ एलजी नानोसेल टिभी सार्वजनिक गरेको छ।
यो नयाँ थप टिभीले नेपालमा उपलब्ध एलजीको उन्नत टेलिभिजन मोडेलहरूको दायरा बढाएको कम्पनीको भनाइ छ । जसमा ३२” देखि ८६” सम्मका ओएलईडी टिभी, क्युएनईडी टिभी, युएचडी टिभी र स्मार्ट टिभीहरू समावेश छन् ।
टिभीले अनावश्यक प्रकाशलाई सोसेर, नानोसेलहरूले चित्रको गुणस्तरको ह्रासलाई कम गर्ने कम्पनीको भनाइ छ । सुस्त वा धमिलो नगरी बोल्ड, जीवन्त रङहरू प्रदान गर्दछ । आइपीएस प्रविधिमा निर्माण गरिएको नानोसेल डिस्प्लेहरूले टोनहरूको दायरा विस्तार गर्दछ ।
एलजीको नानोसेल टिभीहरूमा विशेष नानोसेल लेयर प्रयोग गरिएको छ, जुन प्रविधिले उन्नत रङको शुद्धताका साथ तस्विरको गुणस्तरमा क्रान्ति ल्याएको कम्पनीको भनाइ छ ।
एलजी नानोसेल टिभीले नेपाली बजारमा नवीनतम स्मार्ट टेक्नोलोजी पनि ल्याएको छ । जसमा वेबओएस २४, एलजी थिनक्यू र अमेजन अलेक्सा, एप्पल एयरप्ले आदि जस्ता लोकप्रिय प्लेटफर्महरू सपोर्ट गर्ने कम्पनीको भनाइ छ। गेम अप्टिमाइजर, इन्टेलिजेन्ट भ्वाइस रिकग्निसन र म्याजिक रिमोट जस्ता अतिरिक्त सुविधाहरूका साथ यी टिभीहरूले आधुनिक नेपाली घरपरिवारको विविध आवश्यकताहरू पूरा गर्दछ ।
एलजी नानोसेल टिभीले वेबओएस रेन्यु प्रोग्राम पनि प्रदान गर्दछ, जसले ग्राहकहरूले टिभी खरिद गरेपछि पाँच वर्षसम्म वेबओएस अपग्रेडहरू प्राप्त गर्ने सुनिश्चित गर्न सक्ने कम्पनीले जनाएको छ ।
सीजी इलेक्ट्रोनिक्सले नो कस्ट इएमआई सेवा, एक्सचेन्ज सेवा, कम्पनीको २-१-१ नीति मार्फत बिक्री पस्चातको सेवा, तीन बर्षको पुरा वारेन्टी जस्ता विशेषता रहेकाे कम्पनीले जनाएकाे छ । यसबाहेकक विभिन्न फिचर भएका उक्त टिभी ग्राहकहरूले एलजी शपि स्टोरहरू, सीजी डिजिटल स्टोरहरू, इ-कमर्स साइट cgdigital.com.np र नेपालभरि विस्तृत डिलर नेटवर्क मार्फत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
अर्थ सन्जाल