काठमाडाैं । नेपालमा आईफोनको आधिकारीक बिक्रेता जोय स्टोर र सन सेक्युरिटीबीच सम्झौता भएको छ । उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट प्रबन्ध निर्देशक गुरु शर्मा र सन सेक्युरिटीका तर्फबाट अध्यक्ष कृष्ण गिरीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार नेपालको आईफोनको आधिकारीक बिक्रेता जोय स्टोरबाट एप्पलका सामान खरिदमा सन सेयक्युरिटीका कर्मचारी तथा ग्राहकहरुले २० प्रतिशतसम्म छुट पाउनेछन् । जोय स्टोरका अनुसार उक्त छुट एप्पलका उत्पादन खरिद गर्दा सनका कर्मचारी तथा ग्राहकले अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन् ।
सन सेक्युरिटीका कर्मचारी तथा ग्राहकलाई सरल र सुलभ मूल्यमा एप्पलमा उत्पादन उपलब्ध गराउनका लागि उक्त सम्झौता गरिएको जोय स्टोरका प्रबन्ध निर्देशक शर्माले जानकारी दिए । ‘उक्त छुटका लागि कर्मचारीले सन सेक्युरिटीको परिचय पत्र र ग्राहकले सन सेक्युरिटीको टिएमएस एकाउन्ट वा डिपी एकाउन्ट देखाउनुपर्ने छ,’ उनले भने, ‘सोही आधारमा जोय स्टोरले छुटमा एप्पलमा सामान उपलब्ध गराउने छ ।’
जोय स्टोर नेपालमा एप्पलको उत्पादनहरु बिक्री गर्ने आधिकारिक बिक्रेता हो । जसले काठमाडौंको ताम्राकार कम्प्लेक्स र पोखराको महेन्द्रपुलबाट आधिकारीक रुपमा आईफोनलगायत एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ ।
जोय स्टोरका प्रबन्ध संचालक शर्मा ताम्राकार मोबाइल व्यवसायी संघका अध्यक्ष समेत हुन् । नेपाली उपभोक्तालाई एप्पलमा जेनुयन उत्पादनहरु उपलब्ध गराउने उद्देश्य अनुसार आफुले आधिकारी बिक्रेताको रुपमा काम गर्दै आएको समेत उनले जानकारी दिए । जोय स्टोरले एप्पलका उत्पादनहरु आईफोन, म्याकबुक, एप्पल वाच, एयरपड, हेडफोन र अन्य एसेसोरिज बिक्री गर्दै आएको छ ।
आफ्ना कर्मचारी तथा ग्राहकहरुलाई एप्पलका गुणस्तरीय उत्पादन उपलब्ध गराउन एप्पलको आधिकारीक विक्रेता जोय स्टोरसँग सम्झौता गरिएको सन सेयक्युरिटीका अध्यक्ष कृष्ण गिरीले जानकारी दिए ।
‘हाम्रो उद्देश्य भनेको आफ्ना ग्राहकहरुलाई गुणस्तरीय वस्तु तथा सेवा प्रदान गर्नु हो,’ उनले भने, ‘सोही अनुरुप हामीले कर्मचारी तथा ग्राहकलाई सामान खरिदका छुटको व्यवस्था सहित एप्पलका गुणस्तरीय उत्पादन उपलब्ध गराउन आधिकारीक बिक्रेता जोय स्टोरसँग सम्झौता गरेका हौं ।’
जोय स्टोरले एप्पलको म्याक बुक, आईप्याड तथा एप्पल वाच खरिदमा दुई वर्षको वारेन्टी उपलब्ध गराएको छ । यसैगरी आईफोनमा दुई वर्षको वारेन्टी र एक वर्षको इन्स्योरेन्स सेवा समेत दिएको छ । साथै त्यसरी फोन तथा म्याकबुक खरिदका लागि ईएमआई सेवा समेत उपलब्ध गराएको जोय स्टोरले जानकारी दिएको छ ।
अर्थ सन्जाल