काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलायाे छ । सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा कम्पनीले अन्य कुनै लघुवित्त कम्पनीसँग एकआपसमा मर्ज हुने प्रस्ताव पेश गर्नेछ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले मंसिर १६ गते गते बुक क्लोज गर्ने भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल