बढ्याे सुनको मूल्य, चाँदीकाे भने स्थिर

काठमाडाैं। सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ । यस दिन सुन प्रतितोला एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर चौथो दिन बढेको हो ।

यस दिन चाँदीको मूल्य भने स्थिर अवस्थामा छ । आजको बजारमा चाँदी बुधबार कायम मूल्यमा नै खरिदबिक्री भइरहेकाे छ । आज चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *