काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। नेप्से सेसनमा ०.१९ अंक घटेर २७११.५५ विन्दुमा झरेको छ।
त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंक बढेको छ। यससँगै । ४६ लाख ४६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ४० कम्पनीको ५ हजार २ सय ५९ कित्ता सेयर कारोबार भएको छ ।
१७ कम्पनीको भाउ बढेको छ भने २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ८३ वटा कारोबार भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल